नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्काशन, अधिकतम् कति कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्काशन, अधिकतम् कति कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ?

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्काशन, अधिकतम् कति कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ?

    काठमाडौँ / नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपिओ) आजेदेखि निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गरेको हो । 

    images
    images

    नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्काशन गर्ने अनुमति पाएको थियो। 

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

    कम्पनीको आइपिओमा न्यूनतम् १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

    वैदेशकि रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय