निर्माण उद्योगको समस्याबारे देउवालाई ब्रिफिङ, सम्बोधनका लागि पहल गर्ने वचन

निर्माण उद्योगको समस्याबारे देउवालाई ब्रिफिङ, सम्बोधनका लागि पहल गर्ने वचन

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • निर्माण उद्योगको समस्याबारे देउवालाई ब्रिफिङ, सम्बोधनका लागि पहल गर्ने वचन

    काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्माण उद्योगका समसामयिक समस्याहरू समेटिएको १४ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ । 

    images
    images

    महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सभापति देउवा समक्ष निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको, सिमेन्ट रड लगायतका निर्माण सामाग्रीहरुमा कालोबजारी गर्दै चर्को मूल्य वृद्धि गरिएको लगायतका समस्याबारे जानकारी गराएको थियो ।

    सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरस कार्यान्वयन, पूर्वाधारमैत्री ऐन कानून, लो बिडको निरुत्साहन, निर्माण सामाग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायको ज्यादती, इन्सुरेन्सको समस्या निर्माण आयोग गठन लगायतका विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराइएको महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । 

    जवाफमा सभापति देउवाले निर्माण उद्योगीक जायज माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

    राष्ट्रिय भेलाबाट पारित १४ बुँदे माग अघि सार्दै महासंघले ती मागहरू पूरा गर्नका लागि सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभएको खण्डमा महासंघले माघ १८ बाट सडक आन्दोलन गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय