धरौटी बुझाएर रिहा भएका रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

धरौटी बुझाएर रिहा भएका रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • images
    images
    धरौटी बुझाएर रिहा भएका रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने
    images
    images

    काठमाडौँ / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने भएका छन् ।

    लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुने भएका हुन् । कास्की जिल्ला अदालतले बिहीबार रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । 

    सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । अदालतको आदेश अनुसार रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी लिएको छ भने छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तैगरी लिला पछाईंसँग ३७ लाख रुपैयाँ, रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com