एक लाख घुससहित प्रकाउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

एक लाख घुससहित प्रकाउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • एक लाख घुससहित प्रकाउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images

    सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । उनीमाथि कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ । उनी गत २८ मङ्सिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।

    “उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो, यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए,” आरोपपत्रमा भनिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय