सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फका वकिलहरूको वहस सकियो, अब के होला ?

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फका वकिलहरूको वहस सकियो, अब के होला ?

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फका वकिलहरूको वहस सकियो, अब के होला ?

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरूको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरूको बहस आज सकिएको हो 

    images
    images

    कास्की अदालतमा दायर भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बहस एक सातादेखि जारी छ। कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । 

    रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै अब जाहेरवालाहरुको तर्फका कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् ।

    त्यसपछि प्रतिवादीहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । रविका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापा (क्षेत्री)ले बहस गरेका थिए।

    त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फबाट वकिलहरूले बहस गरेका थिए । जोशीको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।

    रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन् । 

    लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्र साथ उपस्थित गराइएको छ । 

    विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय