लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • images
    images
    लक्ष्मी सनराइज बैंकको लाभांश पारित, चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ । बैंकको आज (बुधबार) बसेको २४औँ बार्षिक साधारण सभाले बैंकको लाभांश प्रस्ताव पारित गरेको हो ।

    साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

    उक्त सभाले आर्थिक वर्ष (आ.व.) २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । 

    गत आ.व. २०८०/८१ मा ३३३ अर्ब रुपैयाँ निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुयाएको सो बैंकको वासलातको आकार ३९५ अर्ब रहेको छ । गत आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com