वित्त कम्पनी र विकास बैंकले बढायो बजार, कारोबार रकमसँगै पुँजीकरण पनि बढ्यो

वित्त कम्पनी र विकास बैंकले बढायो बजार, कारोबार रकमसँगै पुँजीकरण पनि बढ्यो

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • images
    images
    वित्त कम्पनी र विकास बैंकले बढायो बजार, कारोबार रकमसँगै पुँजीकरण पनि बढ्यो
    images
    images

    काठमाडौँ / बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य बढेको छ । सेयर बजार सूचक नेप्से ६.३८ अङ्कले बढेर २६५३.२३ बिन्दुुमा पुगेको हो ।  १०५ कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा भएको छ । 

    अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । मङ्गलबार ५ अर्बको कारोबार भएको बजारमा आज ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    बजार लगातार उकालो लागेपछि बजार पुँजीकरण रकम पनि बृद्धि भएर ४४ खर्ब ९१ करोड ८५ लाख पुगेको छ । बुधबार १३९ ओटा कम्पनीको सेयर  मूल्य बढेको छ भने ९५ ओटाको घटेको छ । त्यस्तै, ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    आजको कारोबारमा वित्त समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् । त्यसपछि भने विकास बैंकको परिसूचक सबैभन्दा बढीले बृद्धि भएको छ । वित्त समूहको परिसूचक ४.७० प्रतिशतले बढ्दा विकास बैंकको  सूचक २.५३ प्रतिशतले बढेको छ । यसैगरी, लघुवित्त समूहको सूचक भने १.५९ प्रतिशतले बढेको छ । 

    त्यस्तै, जीवन बिमाको ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४० प्रतिशत र हाइड्रोपावर समूहको सूचक ०.२३ प्रतिशतले बढेको छ । 

    बाँकी सात ओटा समूहको परिसूचक भने घटेको छ । जसमा सर्वाधिक बढी व्यापारिक समूहकाले गुमाएका छन् । यो समूहको परिसूचक १.५६ प्रतिशतले घट्दा बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६ प्रतिशत, लगानी ०.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बिमा ०.१३ र अन्य समूह ०.२६ प्रतिशतले घटेका छन्।

    पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि

    बुधबार पाँच ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंक, चिर्ख्वा हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले  बृद्धि भएको हो । 
     
    सामुदायिक लघुवित्तमा नेगेटिभ सर्किट 

    आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९.६६ प्रतिशत र त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य ६.१३ प्रतिशतले घटेको हो ।

    बुधबारको कारोबारमा सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ। दोस्रो स्थानमा रहेको सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार चार सय २५ रुपैयाँको कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com