नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश पारित, बैंक मर्जरबारे सञ्चालक समितिलाई अख्तियारी

नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश पारित, बैंक मर्जरबारे सञ्चालक समितिलाई अख्तियारी

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश पारित, बैंक मर्जरबारे सञ्चालक समितिलाई अख्तियारी
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीहरूलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको ३१औँ वार्षिक साधारण सभाले ३.८० प्रतिशत बोनस शेयर तथा ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हो । 

    पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न सभाले बैंकको आ.व. २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८०/८१ वार्षिक आर्थिक विवरणसमेत पारित गरेको छ । 

    त्यस्तै, साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

    उक्त साधारण सभाले आ.व. २०८१//८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ छ । 

    उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    उक्त सभाले सभा समक्ष पेश गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com