नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको शुद्ध पानी पुग्छ : मन्त्री यादव

नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको शुद्ध पानी पुग्छ : मन्त्री यादव

आइतवार, पुस २१ २०८१
आइतवार, पुस २१ २०८१
  • images
    images
    नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको शुद्ध पानी पुग्छ : मन्त्री यादव
    images
    images

    काठमाडौँ / खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरू बिच्छाइएका ठाउँहरूमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।

    आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौँका अधिकांश ठाउँहरूमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ति लाइनहरूबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका हुन् ।

    उनले भने, “नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदैछ । केही दिन धैर्य गर्नुस् नयाँ पाइप लाइन विस्तार भइरहेका ठाउँमा म आफैं अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लाइनबाट मेलम्चीको पानी पठाउने छाँै ।”

    सोही क्रममा मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्र जहाँ जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने दाबी समेत गरे ।

    यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको बताए । 

    सञ्चारकर्मीहरूसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरू भत्काइएका र फुटाइएका भए पनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com