वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन् रोकियो, राजस्व सङ्कलनमा ह्रास

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन् रोकियो, राजस्व सङ्कलनमा ह्रास

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन् रोकियो, राजस्व सङ्कलनमा ह्रास

    सिरहा / डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन् रोकिएको छ । नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा  नगरपालिकाको राजस्व सङ्कलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन् ।

    images
    images

    वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पुर्‍याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गरे। 

    “हामीले वन कार्यालयलाई यो महिनामा  चारवटा पत्र लेखिसक्यौँ तर वन अधिकृतले सिफारिस गर्नुभएको छैन”, उनले भने । 

    वातावरण संरक्षण नियमावली, २०७७ को दफा ९ को उपदफा ९४० को ‘सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ’ भन्ने व्यवस्था अनुसार वन कार्यालयले मन्त्रालयलाई सिफारिस नदिएर काम रोकिएको प्रमुख झाको आरोप छ ।

    डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले मन्त्रालयसमक्ष सिफारिस गर्न नगरपालिकाबाट प्राप्त निवेदन अध्ययन भइरहेको बताए। 

    “नदीजन्य पदार्थ उत्खननको जिम्मेवारी स्थानीय तहको हो । हामीले मन्त्रालयलाई नगरपालिकाको प्रस्ताव ठीक छ वा छैन समीक्षा गरेर सिफारिस दिने हो ।” उनले भने, “जहाँ वन क्षेत्र पर्छ, त्यहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन । वन क्षेत्रसमेत समेटेर सिफारिस मागिएकाले समस्या भएको हो ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय