नेप्से परिसूचक २१.१२ प्रतिशतले घट्यो, तीन विकास बैंकसहित पाँच कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट

नेप्से परिसूचक २१.१२ प्रतिशतले घट्यो, तीन विकास बैंकसहित पाँच कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • नेप्से परिसूचक २१.१२ प्रतिशतले घट्यो, तीन विकास बैंकसहित पाँच कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.१२ अङ्कले घटेको छ । यो दिन नेप्से परिसूचक घटेर २ हजार ६०९ बिन्दुमा झरेको हो । 

    images
    images

    सेन्सेटिभ इन्डेक्स पनि आज २.४६ अङ्कले घटेर ४ सय ४८.९९ बिन्दु कायम भएको छ । आइतबार २४३ ओटा कम्पनीको सेयर कारोबार हुँदा १७२ ओटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यस्तै, ६९ ओटा कम्पनीको सेयर मूल्य बढ्दा दुई ओटाको स्थिर रहेको छ । 

    यो दिन कुल ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । नेप्से घटेसँगै बजार पुँजीकरण रकम ४३ खर्ब २८ अर्ब ५१ करोड कायम भएको छ । 

    कुल ३१६ धितोपत्रको कारोबारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ६६ हजार ७७४ पटकमा खरिद बिक्री भएको छ । 
    यो दिन महिला लघुवित्त कम्पनीको सेयर मूल्यमा मात्रै पोजेटिभ सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 

    यता, तीन ओटा विकास बैंकसहित पाँच ओटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषित गरेसँगै केही विकास बैंक र वित्त कम्पनीको सेयर मूल्यमा पहिरो जाने क्रम जारी छ । 

    नेप्सेका अनुसार आज सर्पोट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यता, जोशी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि उच्च गिरावट आएको छ । 

    आइतबारको कारोबार रकममा पनि प्रभु बैंकको हिस्सा बढी रहेको छ । यो कम्पनीको २६ करोड १० लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये आज तीन ओटा बाहेक सबै समूहको पसिूचकमा पहिरो गएको छ । लघुवित्त समूहको परिसूचक १.१२ बढेको बजारमा अन्य र म्युचुअल फण्डको परिसूचक सामान्य मात्रै बढेको छ । यो दिन सर्वाधिक गुमाउनेमा वित्त समूहका लगानीकर्ताहरू छन् । यो समूहका लगानीकर्ताले ४.४७ प्रतिशतले गुमाउँदा विकास बैंक समूहका लगानीकर्ताहरूले २.६५ प्रतिशतले गुमाएका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय