समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक संचालन बारे राष्ट्र बैंकको निर्णयः केही दिन सेवा अवरुद्ध हुने

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक संचालन बारे राष्ट्र बैंकको निर्णयः केही दिन सेवा अवरुद्ध हुने

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक संचालन बारे राष्ट्र बैंकको निर्णयः केही दिन सेवा अवरुद्ध हुने

    कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त भएपछि राष्ट्र बैंकको नियन्त्रणमा छ । 
    नेपाल राष्ट्र बैंकको  य िपुस १० गतेको सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई मिति २०८१ /०९/ ११ देखि समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय  गरेको थियो । 

    images
    images

     उक्त निर्णय अनुसार संस्था सञ्चालनको लागि ३ सदस्यीय व्यवस्थापन समूहले हाल संस्थाको व्यवस्थापन लिएको छ । 

    व्यवस्थापन समूहले संस्थाको सम्पूर्ण सम्पति र दायित्व आफ्‌नो जिम्मामा लिई वित्तीय हिसाब(किताब चेकजाँच गर्न शुरु गरिसकेको राष्ट्र बैंकले जनाएको छ । 

    यस अवस्थामा  आवश्यक कार्य सम्पादन गर्न केही समय लाग्ने कारण देखाउँदै पुस १४ गतेसम्मका लागि बैकिङ्ग कारोवार स्थगित गरिएको सूचना जारी गरेको छ ।

    निक्षेप रकम भुक्तानी र नियमित बैंकिङ्ग कारोवार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित अन्य पक्षहरुसँग विभिन्न विकल्पहरुमा निरन्तर छलफल भई रहेको समेत जनाएको छ । 

    जारी सूचना अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जाने भनेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय