बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बाणिज्य बैंकले ल्यायो स्मार्टफोन र आकर्षक उपहार जित्ने मौकासहितको अफर

बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बाणिज्य बैंकले ल्यायो स्मार्टफोन र आकर्षक उपहार जित्ने मौकासहितको अफर

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बाणिज्य बैंकले ल्यायो स्मार्टफोन र आकर्षक उपहार जित्ने मौकासहितको अफर

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको सुखद अवसरमा नयाँ अफरसहितको अभियान घोषणा गरेको छ । बैंकले सो अवसरमा आकर्षक स्मार्टफोन र अन्य आकर्षक पुरस्कारहरू जित्न सकिने अफर ल्याएको हो ।

    images
    images

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य बैंक हो । यो बैंकले ग्राहकहरूलाई सहज बैंकिङ सुविधाहरू उपलब्ध गराउँदै आएको छ । 

    सो अभियानमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ।

    उक्त अभियान सञ्चालन अवधिभित्र, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्नेछ ।

    साथै, च्द्यद्य म्ष्नष्तब िक्बलकबच, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ५ सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये एक सय जना भाग्यशाली विजेताहरूलाई एक सय रुपैयाँको टपअप बोनस प्रदान गरिनेछ।

    यो अभियान ग्राहकहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्न र उनीहरूको बैंकिङ अनुभवलाई थप उत्साहजनक बनाउनको लागि ल्याएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । 

    यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिने बैंकको बुझाइ छ। यो अभियान पुस १० देखि माघ १० सम्म सीमित रहनेछ । 

    अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइनेछ। 

    राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवलाई आफ्ना ग्राहकहरू सँग मनाउन पाउँदा गर्व महसुस गरेको छ र यस अभियानले यो अवसरलाई थप अविस्मरणीय बनाउने विश्वास राखेको छ। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय