काठमाडौँ आइतबार सम्पन्न नाडा अटो शोमा Geely EX5 विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै कीर्तिमान कायम गरेको छ । ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रूपमा एलआरआर मोटर्स प्रा.लि.ले Geely EX5 भित्र्याएको हो ।
भदौ ३ गतेदेखि काठमाडौँको भृकुटिमण्डपमा सञ्चालन भएको ‘नाडा अटो शो’मा कुल १८७ गाडीहरूको बुकिङ भएको भन्दै सुरुवाती सफलता हासिल गरेको कम्पनीको भनाई छ ।
म्याक्स र प्रो गरी दुई वटा भेरियन्टमा प्रदर्शनीमा राखिएको Geely EX5 को स्टलमा ठुलो सङ्ख्यामा दर्शकहरूको भीड लागेको थियो ।
अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण EX5 ले भरपर्दो, प्रिमियम र स्टाइलिस इभि खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य सङ्ख्यामा बुकिङ प्राप्त गर्न सफल भएको हो ।
“नाडामा Geely EX5 ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, “६ दिनमै १८७ वटा बुकिङ हुनु Geely को नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय EV उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।”
श्रेष्ठका अनुसार, Geely EX5 शृङ्खलामा प्रयोग गरिएको नवीनतम् र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गराएको हो ।
गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमीसम्म वारेण्टी समेत दिएको छ ।
एलआरआर मोटर्सका अनुसार, नाडामा Geely EX5 को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवद्र्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।