संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

शनिवार, पुस ६ २०८१
शनिवार, पुस ६ २०८१
  • संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हरेक मानिसभित्र शान्तिको भावना रहे मात्रै विश्वमा हार्दिकता विकास हुने बताएका छन् । शनिबार प्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा राजयोग ध्यान अभ्यास कार्यक्रममा बोल्दै उनले शान्तिको भावना रहे मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्ने बताएका हुन् ।

    images
    images

    उनले भने, “आध्यातमिकताको विकास, विश्वमा हार्दिकताको विकास हरेक मान्छे आफैंमा संयम भयो भने मानिसले अनुशासित जीवन बिताउन तयार भयो भने, हरेक मानिसले आहारविहारमा अनुशासन कायम गर्यो भने हरेक मानिसले नौतिकताको वोध गरेर चल्ने स्थिती बन्यो भने अथवा हरेक मानिसभित्र शान्तिको भावना रह्यो भने मात्रै विश्वमा हार्दिकता विकास हुनसक्छ । मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्छ ।”

    साथै उनले जमिनमा टेक्दै गर्दा कसैलाई कुल्चिएको छ या छैन भनेर ख्याल गर्न सकिए मात्र एकअर्काको सम्बन्ध विकसित हुने बताए । उनले स्वार्थको प्रतिस्पर्धा अस्वभाविक ढंगबाट गर्यो भने संसारमा हार्दिकता भन्ने शब्दै हराउने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय