सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी, कुन महिनामा कति उठ्यो ?

सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी, कुन महिनामा कति उठ्यो ?

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी, कुन महिनामा कति उठ्यो ?

    वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।

    images
    images

    कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

    सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । 

    कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ ।
     
    चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । 

    यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ। 

    कार्यालयले गत आवको पाँच महिनामा रु २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय