दुर्घटनामा परेका पिडित पक्षलाई क्षतिपूर्ति मिलाउने बाहनामा घुस लिने सुब्बा अख्तियारको फन्दामा

दुर्घटनामा परेका पिडित पक्षलाई क्षतिपूर्ति मिलाउने बाहनामा घुस लिने सुब्बा अख्तियारको फन्दामा

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • दुर्घटनामा परेका पिडित पक्षलाई क्षतिपूर्ति मिलाउने बाहनामा घुस लिने सुब्बा अख्तियारको फन्दामा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पिडित पक्षले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपुर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भन्दै घुस माग्ने नायव सुब्बा अशोक कुमार यादबलाई भ्रष्टचार मुद्दा दायर आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरे बताएका छन् । 

    images
    images

    महोत्तरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा यादवले सवारी ज्यान कसुर मुद्धामा मृतकको नजिकको हकदार (पिडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा परेको उजुरी निबेदनका आधारमा छानबिन थालेको हो । 

    आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले नायव सुब्बा यादवलाई सेवाग्राहीबाट  २०,००० रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

    अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय यादव र दिनेश प्रसाद साहको आपसी मिलोमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलव्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीसँग लिएका थिए ।  

    यादव र साहलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २०,००० रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (ज्ञ१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको  प्रवक्ता घिमिरेले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय