महायज्ञमा पूर्व मुख्यमन्त्री शाहीले दिए मानव सेवा आश्रमलाई एक लाख सहयोग

महायज्ञमा पूर्व मुख्यमन्त्री शाहीले दिए मानव सेवा आश्रमलाई एक लाख सहयोग

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • महायज्ञमा पूर्व मुख्यमन्त्री शाहीले दिए मानव सेवा आश्रमलाई एक लाख सहयोग

    कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दम्पतीले एक लाख बढी रकम सहयोग गरेका छन्।

    images
    images

    मानव सेवा आश्रम  कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ शाही र उनकी श्रीमती कर्णाली प्रदेश लोकसेवा आयोगकी सदस्य बसन्ती शाहीले व्यक्तिगत रूपमा दान गरेका हुन्। 


    मानव सेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि सञ्चालन गरेको महायज्ञमा २८ मंसिरसम्म चल्नेछ । 

    आश्रमको भवन निर्माणार्थ प्रदेश राजधानी वीरेन्द्रनगर खुल्ला मञ्चमा गत शुक्रवारदेखि श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ।

    महायज्ञको पाँचौँ दिन मङ्गलवार शाही दम्पती महायज्ञ स्थलमै सहभागी भएर मानव सेवा आश्रमको भवन निर्माणार्थ प्रति व्यक्ति ५१ हजार १ सय ५५ रुपैयाँका दरले १ लाख २ हजार ३ सय १० रुपैयाँ सहयोग गरेका हुन्।


    पूर्व मुख्यमन्त्री शाहीले महायज्ञमा बोल्दै मानव सेवा आश्रमले गरेको काम अतुलनीय रहेको बताए । 

    आफू मुख्यमन्त्री हुँदा आश्रमको कर्णाली प्रदेशस्तरीय शाखाको विस्तार गर्दा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे।


    सरकारमा संलग्न दलहरू सहयोगापेक्षी सडक अश्रित मानवमुक्त देश बनाउन सहयोग गर्नुपर्ने र आफ्नो पनि सहयोगी भूमिका रहने उनले प्रतिबद्धता समेत गरे।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय