रौतहट दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै

रौतहट दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • रौतहट दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै

    बाराको गढीमाई मन्दिरबाट दर्शन गरेर फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ। 

    images
    images

    बाराको बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहटस्थित राजमार्गमा दुर्घटना हुँदा चालकसहित ८ जनाले ज्यान गुमाएका हुन् । 

    मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका-३ की ६० वर्षीया लरुवदीदेवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फूलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।

    रौतहटको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहा जंगलमा मध्यराति स्करपियो दुर्घटना भएको थियो । स्कार्पियोमा सवार अन्य बालबालिकासहित ५ जना घाइते छन् । 

    घाइतेमध्ये चार जनाको चन्द्रपुर र एक जनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

    बारा बरियारपुर स्थित लागेको पञ्चवर्षीय गढीमाई मेला दर्शन गरी सिराहा तर्फ फर्किरहेको उक्त स्कर्पियो अनियन्त्रित भई बाटो बाट तल दाहिने साइडको रुखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।

    घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय