images
Logo
images

ट्रायम्फ नेपालले सम्पन्न ग¥यो लिगेसी राइड : बन्दीपुर एडिसन

ट्रायम्फ नेपालले सम्पन्न ग¥यो लिगेसी राइड : बन्दीपुर एडिसन

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • ट्रायम्फ नेपालले सम्पन्न ग¥यो लिगेसी राइड : बन्दीपुर एडिसन

    ट्राइम्फ लिगेसी राइड : बन्दीपुर एडिसन ’ मंसिर २२ र २३ गते आयोजना गरेको छ । 
     
    ट्रायम्फ मोटरसाइकलका आधिकारिक वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको यस ट्राइम्फ
    लिगेसी राइड: बन्दीपुर एडिसन मा २२ ट्रायम्फ मोटरसाइकलमा सावर २९ जना राइडरहरुले सहभागिता थिए । 

    images
    images

    शनिबार बिहान राइडरहरु नक्सालस्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए । 

    सुन्दर जङ्गल, झरना, नदीहरू को मनोरम दृश्य पार गर्दै राइडरहरु साँझ बन्दीपुर पुगेका थिए । गुरुङ समुदायको रमाइलो सांस्कृतिक चुड्का नाँचको साथ दिनको समापन भयो, जहाँ राइडरहरूले चुड्कामा नाँच्दै र गाउँदै राइडको सफलताको उत्सव मनाएका थिए ।

    bike - race bandipur.jpg

    दोस्रो दिन राइडरहरुले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेका थिए जसले स्थानीय व्यापार प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत गरेको थियो भने यस राइडले दुई पाङ्ग्रे पर्यटन प्रवद्र्धन गर्न पनि मद्दत गरेको थियो ।

    ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले भने, “ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो ।”
    नेपालमा ट्राइम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दुई पाङ्ग्रे पर्यटन प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आगामी दिनहरूमा पनि थप यस्तै राइडहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय