अदालतले प्रहरीलाई दियो रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने अनुमति

अदालतले प्रहरीलाई दियो रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने अनुमति

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • अदालतले प्रहरीलाई दियो रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने अनुमति

    काठमाडौँ / रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ। सहकारी ठगी आरोपमा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले हाल प्रहरी हिरासतमा रहेका उनीविरुद्ध म्याद थपको अनुमति दिएको हो । 

    images
    images

    कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो। उनी माथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि लामिछानेलाई  अदालत उपस्थित गराएको थियो।

    लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो। लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

    त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ। लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको प्रहरीले जनाएको छ । 

    पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय