एनपीएल उद्घाटन खेलको टिकट सकिएपछि पारस खड्काको आग्रह -  घरबाटै खेल हेर्नुहोस्

एनपीएल उद्घाटन खेलको टिकट सकिएपछि पारस खड्काको आग्रह -  घरबाटै खेल हेर्नुहोस्

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • एनपीएल उद्घाटन खेलको टिकट सकिएपछि पारस खड्काको आग्रह -  घरबाटै खेल हेर्नुहोस्

    काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन् ।

    images
    images

    उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन्  । साथै एनपीएलको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका छन् । 

    उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ । भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।”

    साथै उनले भोलि (शनिबार)को खेलको पासका लागि फोन वा सन्देश नगर्न समेत आग्रह गरेका छन् । आठ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने‍ छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय