कुमारी बैंक र भिजन कार्टबिच सम्झौता : ग्राहकरूलाई ओपिडी र परीक्षणमा ४ हजारसम्म छुट

कुमारी बैंक र भिजन कार्टबिच सम्झौता : ग्राहकरूलाई ओपिडी र परीक्षणमा ४ हजारसम्म छुट

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • कुमारी बैंक र भिजन कार्टबिच सम्झौता : ग्राहकरूलाई ओपिडी र परीक्षणमा ४ हजारसम्म छुट

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौँस्थित भिजन कार्ट प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images

    सो सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपिडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार रुपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ । 

    साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइनेछ । 

    विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय