नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, बागमती प्रदेश ११० जना अभिकर्ताहरू सहभागी

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, बागमती प्रदेश ११० जना अभिकर्ताहरू सहभागी

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, बागमती प्रदेश ११० जना अभिकर्ताहरू सहभागी

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको हो ।

    images
    images

    बागमती प्रदेशबाट योग्य भएका करिब ११० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । 

    साथै सो कार्यक्रममा स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । 

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका छन् । 

    समारोहमा सिइओ खत्रीले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा बागमती प्रदेशबाट मात्रै ११० जना अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे । 

    कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । 

    यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय