बिआरआई अनुदान लिन्छौँ तर ऋणको रूपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधी

बिआरआई अनुदान लिन्छौँ तर ऋणको रूपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधी

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • बिआरआई अनुदान लिन्छौँ तर ऋणको रूपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधी

    जनकपुर / नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले बिआरआईलाई चिनिया पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रूपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।

    images
    images

    शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, “बिआरआई अनुदानको रूपमा मान्ने ऋणको रूपमा हुँदैन यो कांग्रेसको अडिग धारणा हो ।” 

    केही दिन अगाडि मात्र चिनियाँ राजदुतले आमन्त्रण गरी निधीलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताएका छन् ।

    उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसदमा पनि बिआरआईको विषय त्यस भित्रका सन्दर्भ र योजनाहरूबारे छलफल हुनपर्ने बताएका छन् । बुझ्दै नबुझी हतारमा यस्ता आयोजनाहरूमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय