नेप्से परिसूचक ९ अङ्कले बढे पनि घट्यो कारोबार रकम, विकास बैंकमा झुम्मिए लगानीकर्ता

नेप्से परिसूचक ९ अङ्कले बढे पनि घट्यो कारोबार रकम, विकास बैंकमा झुम्मिए लगानीकर्ता

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • images
    images
    नेप्से परिसूचक ९ अङ्कले बढे पनि घट्यो कारोबार रकम, विकास बैंकमा झुम्मिए लगानीकर्ता
    images
    images

    काठमाडौँ / मङ्गलबार उच्च अङ्कले घटेर २ हजार ७ सय २.६५ को विन्दुमा झरेको नेप्से परिसूचक आज भने सामान्य अङ्कले उकालो लागेको छ । अघिल्लो कारोबार दिन करिब २ प्रतिशतले घटेको नेप्से परिसूचक आज नेप्से परिसूचक ९.०९ अङ्कले बढेर २ हजार ७ सय ११.७५ बिन्दुमा उक्लिएको हो ।

    नेप्से परिसूचक उकालो लागेको भए पनि आज कारोबार रकम भने घटेको छ । मङ्गलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । 

    यो दिन ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर ७४ हजार ३०३ पटक खरिद बिक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये चार ओटा समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । 

    आज बैंकिङ समूह ०.२६, जीवन बिमा ०.१८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको हो । बढेका समूहहरूमध्ये आज सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ । 

    त्यस्तै, वित्त समूह १.६६, होटल तथा पर्यटन ०.४५, जलविद्युत् १.२८, लगानी ०.२०, लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।

    पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट 

    बुधबार पाँच ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

    यता, एक कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३२ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको ७ लाख ६४ हजार पाँच सय १९ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com