नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, कोशी प्रदेशका ५५ अभिकर्ताहरू सहभागी

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, कोशी प्रदेशका ५५ अभिकर्ताहरू सहभागी

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • नेशनल  लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, कोशी प्रदेशका ५५ अभिकर्ताहरू सहभागी

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको हो ।

    images
    images

    कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । 

    साथै स्किममा व्यवस्था भए अनुरूप कार्यक्रममा अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मानसमेत गरिएको थियो । 

    यसैगरी, सिइओ खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् । 

    साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भई सकेको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराएका थिए । 

    समारोहमा सिइओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ताहरू छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे । 

    कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका सिइओसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । 

    यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय