टनेल गोलभेडाको भाउ प्रतिकेजी ११० रुपैयाँ, आलु, प्याज, बोडीदेखि करेलासम्मको भाउ कति ?

टनेल गोलभेडाको भाउ प्रतिकेजी ११० रुपैयाँ, आलु, प्याज, बोडीदेखि करेलासम्मको भाउ कति ?

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • टनेल गोलभेडाको भाउ प्रतिकेजी ११० रुपैयाँ, आलु, प्याज, बोडीदेखि करेलासम्मको भाउ कति ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज टनेल गोलभेडाको भाउ प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । त्यस्तै, लोकल सानो गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, रातो आलु ७७ रुपयाँ ६७ पैसा, भारतीय रातो आलु ५८ रुपैयाँ ३३ पैसा र सुकेको प्याज १०७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । 

    images
    images

    यसैगरी, लोकल गाजर प्रतिकेजी १४५ रुपैयाँ, तराई गाजर १३५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, तराई काउली ८५ रुपैयाँ, तने बोडी १४५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, मटरकोशा ११० रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र लौका ९५ रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, रायोको साग प्रतिकेजी ५५ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, बकूला, मेथी र चमसूरको साग ११० रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, कुरीलो ११५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, कन्य च्याउ २१६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्   

    1.jpg

    2.jpg

    3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय