कोको हुन् चितवनको ट्यालेन्ट हन्टबाट छनोट परेका  ३५ खेलाडी (नामावली)

कोको हुन् चितवनको ट्यालेन्ट हन्टबाट छनोट परेका  ३५ खेलाडी (नामावली)

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • कोको हुन् चितवनको ट्यालेन्ट हन्टबाट छनोट परेका  ३५ खेलाडी (नामावली)

    काठमाडौ/  नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट (सर्टलिस्टमा) गरेको छ ।

    images
    images

    राइनोजले चितवन मेडिकल कलेज (सीएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४६० खेलाडी दर्ता भएका थिए । 

    तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । 

    अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ।


    दोस्रो चरणको छनोटपछि अन्तिम नाम सोही दिन टुंगो लाग्नेछ, सो नाम चितवन राइनोजले सोमबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्नेछ।

    चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याट्सम्यान शरद भेस्वाकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए ।


    कार्यक्रममा सीएमसीका अध्यक्ष डा हरिशचन्द्र न्यौपाने, सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वाग्मती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वाग्मती क्रिकेट संघका अनिल अधिकारीलगायतको उपस्थिति थियो।

    यी हुन् सर्टलिस्टमा परेका खेलाडीको नाम

    १. रोबिन शर्मा, 
    २. जितेन्द्र सहनी 
    ३. सन्दीप राजली, 
    ४. सुनिल चन्द 
    ५. निकेश गुरुङ
    ६. आशिष खरेल 
    ७. शिवान्श बजगाईं 
    ८. सुर्यान्श कोइराला 
    ९. रिजन काफ्ले 
    १०. अकिब अन्सारी 
    ११. राजेश कुमार
    १२. गोविन्द बिके
    १३. राहुल हक अन्सारी
    १४. राकेश कामत
    १५. विशाल खत्री
    १६. स्वीकार श्रेष्ठ
    १७. सौगात ढकाल
    १८. सोनु देवकोटा
    १९. अमोल कार्की 
    २०. बिधान न्यौपाने 
    २१. अश्विन थापा
    २२. डेनिस इकबाल
    २३. मनिष पुन
    २४. कृजन गुरुङ 
    २५. सुवास खत्री
    २६. रविनकुमार शर्मा
    २७. सेरा जहवारी
    २८. नरेश प्रधान 
    २९. योगराज शर्मा 
    ३०. सोनु शर्मा 
    ३१. सोनु कुशवाह 
    ३२. सलाहुद्दीन खान 
    ३३. विशाल यादव 
    ३४. समीर चौलागाईं  
    ३५. रोशन 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय