कर्जाको माग नबढ्दा तनावमा बैंकहरू, सय अर्बको उपकरणमा दोब्बर आवेदन

कर्जाको माग नबढ्दा तनावमा बैंकहरू, सय अर्बको उपकरणमा दोब्बर आवेदन

हाल बैंकसँग कुल निक्षेप ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकको हिस्सा मात्रै ५९ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ ।

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • images
    images
    कर्जाको माग नबढ्दा तनावमा बैंकहरू, सय अर्बको उपकरणमा दोब्बर आवेदन
    images
    images

    काठमाडौँ / कर्जाको माग नहुँदा समस्यामा परेका बैंकहरूले राष्ट्र बैंकले उपकरणमा दोब्बर बढी आवेदन दिएका छन् । बैंकमा थुप्रिएको पैसा कर्जामा जान नसकेपछि बैंकहरूले केन्द्रीय बैंकले बुधबार जारी गरेको निक्षेप उपकरणमा दोब्बर बढी आवेदन  दिएका हुन् । 

    राष्ट्र बैंकले बुधबार बैंकहरूमा थुप्रिएको एक खर्ब निक्षेप सङ्कलन गर्नका आह्वान गरेको थियो । जसमा २५ ओटा बैंकले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँको बोलकबोल गरेका थिए । 

    २१ दिनका लागि खुला बजार हस्तक्षेप अन्तर्गत गरिएको बोलकबोलमा ६६ ओटा बोलपत्रमार्फत सो बराबरको निक्षेप राख्न आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । 

    सहभागी बैंकहरूले न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा २.८६७१ प्रतिशत  ब्याजदर कायम भए पनि बुधबार सङ्कलित निक्षेपका लागि २.९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन् । 

    यसअघि १ खर्बको बोलकबोलमा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो । स्थायी निक्षेप सुविधा लिनेतर्फ बैंकहरू आकर्षित लागेका कारण आह्वान गरेको भन्दा कम आवेदन परेको थियो । 

    राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरण दिन बिराएर (आइतबार, मंगलबार र बिहीबार) छोटो अवधिका लागि निश्चित व्याजदरमा प्रणालीको पैसा प्रशोचन गर्ने र पठाउने नियमित कार्य गरिरहन्छ। 

    त्यस्तै, लामो समय अवधिका लागि भने बोलकबोलमा उपकरण जारी गर्छ। हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात (सिडि रेसियो) ७८.१२ प्रतिशतमा सीमित छ।

    त्यस्तै, अन्तर बैंक ब्याजदर पनि औसत ३ प्रतिशत हाराहारीमा छ। 

    हाल बैंकसँग कुल निक्षेप ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकको हिस्सा मात्रै ५९ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । 

    तर, कर्जा प्रवाह भने कुल ५२ खर्ब २६ अर्ब रुपैयाँ बराबर मात्रै भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये वाणिज्य बैंकहरूले मात्रै कुल ४२ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा प्रवाह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com