आज पनि घट्यो सेयर बजार, कारोबार रकम १ अर्बले बढ्यो

आज पनि घट्यो सेयर बजार, कारोबार रकम १ अर्बले बढ्यो

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • images
    images
    आज पनि घट्यो सेयर बजार, कारोबार रकम १ अर्बले बढ्यो
    images
    images

    काठमाडौँ / सेयर बजार बुधबार पनि घटेको छ । यो दिन बजार १.८८ अङ्कले घटेर २ हजार ६७५.५१ बिन्दुमा झरेको हो ।मङ्गलबार उचारचढाव ०.२१ अङ्कले घटेर २ हजार ६७७.४० बिन्दु कायम भएको थियो । 

    नेप्से परिसूचक घटेपनि बिक्री चाप बढ्दा कारोबार रकमसमेत अघिल्लो कारोबारको दिनको बढेको छ । मङ्गलबार ४ अर्ब २० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सो रकम बढेर ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ पुगेको हो । 

    बुधबार ३२० ओटा कम्पनीको १ करोड १६ लाख १८६९ कित्ता सेयर ५५ हजार २३८ पटकमा कारोबार भएको छ । 

    मङ्गलबार सेयर बजारका १३ ओटा उपसमूहमध्ये ५ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ ओटाको घटेको छ । 
    आज सबैभन्दा बढी म्युचुअल फण्डको परिसूचक १.०९ प्रतिशतले बढेको छ भने विकास बैंकको ०.७३ प्रतिशत र वित्त समूहको ०.७९ प्रतिशतले बढेको छ । 
    त्यस्तै, अघिल्लो कारोबार दिन सर्वाधिक बढेको निर्जीबन बिमा समूहको परिसूचक आज सबैभन्दा बढी ०.८७ प्रतिशतले घटेको छ । 
    त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ०.७५ प्रतिशत, लगानी समूहको ०३७ प्रतिशतले घटेको छ । 

    बुधबार नारायणी विकास बैंकको  सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७४१ रुपैयाँ ७० पैसा कायम भएको हो।

    यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ९.१२ प्रतिशतले सेयर मूल्य बढेको छ । 

    यता, नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ भने कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ । 

    आजको कारोबार रकममा  पनि नेपाल फाइनान्सको बढी हिस्सा रहेको छ । प्रतिकित्ता १ हजार ४२१ रुपैयाँ मूल्य रहेको यो कम्पनीको आज ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
     

      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com