नेप्से परिसूचक ४७ अंकले घट्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए, कसले गुमाए ?

नेप्से परिसूचक ४७ अंकले घट्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए, कसले गुमाए ?

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • images
    images
    नेप्से परिसूचक ४७ अंकले घट्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए, कसले गुमाए ?
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार शेयर बजारको परिसूचक ४७.४४ अंकले घटेको छ । 

    आज आइतबार नेप्से परिसूचक ४७.४४ अंक अर्थात १.७२ प्रतिशतले घटेर २ हजार ६९७.९१ को बिन्दुमा उक्लिएको छ । 

    आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोड बढीको कारोबार भएको छ । 

    आज १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ । 

    आज आइतबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे ।

    कुथेली बुकरी स्मल हाइड्रोपावरको शेयर सर्वाधिक बढ्यो

    कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुप पावरको शेयर मूल्य ९.८९ प्रतिशत, हिमालयन लघुवित्तको शेयर मूल्य ५.९२ प्रतिशत तथा अपर सोलु हाइड्रोको शेयर मूल्य ३ प्रतिशतले बढेको छ । 

    इस्टर्न हाइड्रोपावरको शेयर सर्वाधिक घट्यो

    इस्टर्न हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत घट्यो । गुडविल फाइनान्सको शेयर मूल्य ८.४१ प्रतिशत, बुटवल पावरको शेयर मूल्य ५.०३ प्रतिशत तथा तेह्रथुम पावरको ४.९६ प्रतिशत शेयर मूल्य प्रतिशत मूल्य घटेको छ । 

    गुडविल फाइनान्सको सर्वाधिक कारोबार 

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल प्रमोटर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com