एक सातामा १३ लाख मानिसले छोडे काठमाडौँ उपत्यका, सुनसान बन्यो सहर

एक सातामा १३ लाख मानिसले छोडे काठमाडौँ उपत्यका, सुनसान बन्यो सहर

शुक्रवार, असोज २५ २०८१
शुक्रवार, असोज २५ २०८१
  • images
    images
    एक सातामा १३ लाख मानिसले छोडे काठमाडौँ उपत्यका, सुनसान बन्यो सहर
    images
    images

    काठमाडौँ / एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । 

    १८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए । 

    “हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” 

    अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com