अष्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अब अल्फा केयरमै हुने

अष्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अब अल्फा केयरमै हुने

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • images
    images
    अष्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अब अल्फा केयरमै हुने
    images
    images

    काठमाडौँ / अल्फा बीटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा आयोजना गरेको दसैँ–तिहारको शुभकामना आदान प्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गत प्यानल क्लिनिकको उद्घाटन गरेको छ ।

    अब उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको नयाँ बानेश्वरस्थित अल्फा केयरमै स्वास्थ्य परीक्षण हुने भएको छ ।

    उक्त कार्यक्रममा अतिथिका रुपमा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव सहभागी थिइन्।

    यसैगरी अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, अमेरिकी दूतावासका लागि राजनीतिक, आर्थिक, एसियाली मामिला संयोजक कुञ्जा राई, बेलायती राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठ, अस्ट्रेड दक्षिण एशियाका सिनियर डाइरेक्टर मुस्ताफिजुर रहमान, नेदरल्यान्ड्सका लागि अवैतनिक महावाणिज्यदूत दिपकराज सापकोटा, कोष्टारिकाका लागि महावाणिज्यदूत मनिष थापा र एनआरएनएका अध्यक्ष बद्रीबहादुर केसीको कार्यक्रममा उपपस्थिती रहेको थियो ।

    यसका साथै अल्फा बीटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अष्ट्रेलिया फेम ट्रिप आयोजनाको घोषणा गरेको छ । यस ट्रिपको मुख्य उदेश्य अष्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरुले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको छ । 

    यसका साथै भ्रमण टोलीले अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ न्यू साउथ वेल्स, म्याक्वायर युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका साथै अष्ट्रेलियाको डिपार्टमेन्ट अफ एजुकेसन एण्ड ट्रेनिङ मेलबर्नको स्टडीलगायतका विभिन्न अष्ट्रेलियाली सरकारी तथा अर्धसरकारी संस्थाहरुसँग भेटघाट कार्यकम रहेको बताइएको छ ।

    यो भ्रमण टोलीमा अल्फा बीटा ग्रुपका सीईओ द्विराज शर्मासहित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलिया, काठमाडौं युनिभर्सिटीका डीन प्रा.डा. मनिष पोखरेल, आईओईका सिभिल विभाग प्रमुख गोकर्ण बहादुर मोत्रा, युलेन्स स्कुलका प्रिन्सिपल मेडिन बहादुर लामिछाने, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल अम्बादत्त जोशी, प्रिमियर स्कुलकी एकेडेमिक डाइरेक्टर प्रविना थापा, ब्रिटिश स्कुलका हेड अफ सेकेण्डरी क्रिष्टोफर ड्रेपर, ट्रिनिटी कलेजका प्रशासन प्रमुख अम्बिर थापा, प्रिमियर स्कुलका लागि विश्वविद्यालयका मार्गदर्शन सल्लाहकार तथा शिक्षक विपिन शर्मा बराल समावेश छन् । 

    त्यस्तै,  रातो बंगला स्कुलकी कन्सुलर बिल्कीस बानु, काठमाडौं वर्ल्ड स्कुलका सिनियर कोअर्डिनेटर प्रणव जोशी, अल्फा बीटा ग्लोबलका डाइरेक्टर अभि सापकोटा, अल्फा बीटा ग्लोबलकी डाइरेक्टर दिव्या शर्मा, अल्फा बीटा ग्रुपका आर्थिक सल्लाहकार माधव पोखरेल, प्राविधिक सल्लाहकार सिमोन दाहाल र असिस्टेन्ट मार्केटिङ म्यानेजर एलेन डंगोल पनि टोलीमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com