जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमार्फत टिकट खुल्ला

जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमार्फत टिकट खुल्ला

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • images
    images
    जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमार्फत टिकट खुल्ला
    images
    images

    काठमाडौँ / ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ इन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ । 

    विभिन्न युवामैत्री मनोरञ्जनात्मक कार्यक्रम तथा रियालिटी सोहरूमा टिकटिङ र भोटिङ सेवा प्रदान गर्दै आइरहेको खल्तीले उक्त च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकट खुला गरेको हो । 

    एन् अटिजम केयर फाउन्डेसनसँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित यस फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरूमाझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ भने खल्तीले सम्पूर्ण टिकटिङको एक मात्र साझेदारको रूपमा जिम्मा लिएको छ ।

    डिसेम्बर १४ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने सो च्यारिटी कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई  सुविधाजनक तवरबाट खल्ती एप तथा events.khalti.com मार्फत खरिद गर्न सक्नेछन् ।

    यस च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि विश्व स्तरीय शिक्षा समर्थन प्रदान गर्दै पूर्ण क्षमता सम्म पुग्न सशक्त बनाउने साथै उनीहरूको लागि एक समावेशी समाज सिर्जना गर्ने एन् अटिजम केयर फाउन्डेसनको सामाजिक उद्देश्यका लागि प्रयोग गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com