गायिका सुशिला बस्नेतको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक (भिडियोसहित)

गायिका सुशिला बस्नेतको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक (भिडियोसहित)

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • गायिका सुशिला बस्नेतको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक (भिडियोसहित)

    गायिका सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । 

    प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो । 

    गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा व्यक्त गरिएको छ ।

    शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ । भिडियोमा पशुपति श्रेष्ठ/बद्री श्रेष्ठ/सुमन पी मैनालीको छायांकन एवं सम्पादन रहको छ । 

    सानैदेखि गीत संगीतमा लगाव राख्नुहुने सुशिला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ । 

    विदेशमा रहेपनि उहाँ नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आउनुभएको छ । ‘तिम्रो मायाको छयारीमा’ गीतलाई गायिका सुशिलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com