विश्वज्योति महलमा राजा लन्ज एन्ड क्लब सञ्चालन, २४ सै घण्टा पार्किङ सुविधा

विश्वज्योति महलमा राजा लन्ज एन्ड क्लब सञ्चालन, २४ सै घण्टा पार्किङ सुविधा

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • विश्वज्योति महलमा राजा लन्ज एन्ड क्लब सञ्चालन, २४ सै घण्टा पार्किङ सुविधा

    काठमाडौँ / विश्वज्योति महलमा ‘राजा लन्ज एन्ड क्लब’ सञ्चालनमा आएको छ । लाइभ म्युजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्योति महलमा ‘राजा लन्ज एन्ड क्लब’ सञ्चालनमा आएको हो । 

    शान्त वातावरणमा लाइभ म्यूजिकका साथ स्वादिष्ट परिकार, पार्किङको सुविधा एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । क्लबमा खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङको सुविधा उपलब्ध हुने सञ्चालक   शैलेस श्रेष्ठले जानकारी दिए । 

    रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको सञ्चालक श्रेष्ठले बताए । 

    क्लबमा साँझ सात बजेदेखि राती दुई बजेसम्म लाइभ म्यूजिकको व्यवस्था भएको उनले जानकारी दिए । त्यस्तै, सञ्चालक राजकुमार शाहले विभिन्न स्वादका खानासहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन सक्ने बताए । 

    शाहका अनुसार क्लबमा जन्मदिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधासमेत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com