युनिलिभर नेपालले घोषणा गर्‍यो हालसम्मकै उच्च लाभांश, सेयरधनीहरूले कति पाउलान् ?

युनिलिभर नेपालले घोषणा गर्‍यो हालसम्मकै उच्च लाभांश, सेयरधनीहरूले कति पाउलान् ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • images
    images
    युनिलिभर नेपालले घोषणा गर्‍यो हालसम्मकै उच्च लाभांश, सेयरधनीहरूले कति पाउलान् ?
    images
    images

    काठमाडौँ / युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ।

    कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १७ सय १४ रूपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो। 

    कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै धेरै हो। यस्तै, लाभांश प्रयोजनको लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

    बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।

    गत वर्ष भने कम्पनीले प्रतिकित्ता १५ सय ८० रूपैयाँ नगद लाभांश वितरण गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com