दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई  बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई  बचत गर्ने अवसर

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • images
    images
    दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई  बचत गर्ने अवसर
    images
    images

    काठमाडौँ / देशकै अग्रणी अनलाइन सपिङ प्ल्याटफर्म ‘दराज नेपाल’ले स-गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । कम्पनीले भदौ २४ देखि २६ गतेसम्मका लागि यस्तो अभियानको घोषणा गरेको हो । 

    सो अवसरमा दराजमार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजको दावी छ । 

    उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्यका साथ दराजले विभिन्न अवसरहरू ल्याउने गर्दछ । 

    सो ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरूमार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । 

    यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् । 

    साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा  सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

    त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । 

    कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com