कुमारी बैंक र इसेवाबिच २ लाखसम्मको इजि लोन सुविधाका लागि सम्झौता

कुमारी बैंक र इसेवाबिच २ लाखसम्मको इजि लोन सुविधाका लागि सम्झौता

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • कुमारी बैंक र इसेवाबिच २ लाखसम्मको इजि लोन सुविधाका लागि सम्झौता

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबिच इजि लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इसेवाबिच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत इजि लोन सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

    images
    images

    कुमारी बैंकसँगको सम्झौताअनुसार इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

    पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजि लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । 

    इसेवामार्फत लिइने इजि लोन सुविधामा लागू हुने थप सर्तहरू बारे इसेवाको वोबसाईट÷एप मार्फत जानकारी लिन सकिनेछ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय