हिमताल फुटेपछि बाढीको चपेटामा परेको थामेमा मोवाइल सेवा स्थापित

हिमताल फुटेपछि बाढीको चपेटामा परेको थामेमा मोवाइल सेवा स्थापित

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • images
    images
    हिमताल फुटेपछि बाढीको चपेटामा परेको थामेमा मोवाइल सेवा स्थापित
    images
    images

    काठमाडौँ / हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । 

    बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त  टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा सुचारु गरिसकेको हो । 

    हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भैसकेको टेलिकमले आइतबार राति जानकारी गराएको हो । 

    यसअघि आइतबार नै सूञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com