एक बर्षमा राष्ट्रिय जीवन बीमाको नाफा १४५.४५ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन कति ?

एक बर्षमा राष्ट्रिय जीवन बीमाको नाफा १४५.४५ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन कति ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    एक बर्षमा राष्ट्रिय जीवन बीमाको नाफा १४५.४५ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीले  १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा राष्ट्रिय जीवन बीमा कम्पनीले १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १४५.४५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    समीक्षा वर्षमा कम्पनीको नाफासँगै कुल बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । एक बर्षको अवधीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक बर्षमा ८ अर्ब ४९ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको यस कम्पनीले गत आवमा भने ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

    समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकारमा १६.७२ प्रतिशतको बढोत्तरी भएको छ।

    यता, समीक्षा वर्षमा शेयर पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ करोड ९० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६० करोड ९४ लाख रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १ करोड २६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रुपैयाँ थियो। महाविपत्ति कोष र रिटेन्ड अर्निङ दुवै बढेको छ।

    समीक्षा वर्षमा कम्पनीले १८ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो।

    समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११३.२० रुपैयाँ पुगेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com