बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब बढीको कारोबार

बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब बढीको कारोबार

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब बढीको कारोबार

    काठमाडौँ / शेयर बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब भन्दा बढीको कारोबार भएको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार साताको अन्तिम कारोबारको दिन अर्थात बिहिकार कारोबार सुरु भएको डेढ घण्टामै ११ अर्ब ७९ करोड ६१ लाख ४३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

    आज शेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पर्दासम्म शेयर बजार ३३.७९ अङ्कले बढेर २ हजार ९९१.५५ पुगेको छ । 

    अहिलेसम्म १२८ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १११ वटाको घटेको छ । ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ । 

    अहिलेसम्म बजारमा ११ अर्ब ७९ करोड ६१ लाख ४३ हजार रुपैयाँ माथिको कारोबार भइसकेको छ । सर्वाधिक कारोबार हिमालयन रि–इन्स्यारेन्सको भएको छ । आज यो कम्पनीको मात्रै ३४ करोड १२ लाख ७७ हजार रुपैयाँ बढीको कारोबार भइसकेको छ ।

    आज बैंकिङ सेक्टरमा चमक देखिएको छ । अहिलेसम्म ४.४० प्रतिशतले बैंकिङ सेक्टर बढिसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय