करेक्सनपछि ३४.२९ अङ्कले बढ्यो शेयर बजार, २३ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

करेक्सनपछि ३४.२९ अङ्कले बढ्यो शेयर बजार, २३ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    करेक्सनपछि ३४.२९ अङ्कले बढ्यो शेयर बजार, २३ अर्ब बढीको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / मंगलबारको सामान्य करेक्सनपछि बुधबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ३४.२९ अङ्क अर्थात १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ बिन्दुमा उक्लिएको छ । 

    यसैगरी सेन्सेटिभ इन्डेक्स ८.३४ अङ्क अर्थात १.६३ प्रतिशतले बढेर ५१९.४९ बिन्दुमा उक्लिएको छ भने फ्लट इन्डेक्स २.५७ अङ्क अर्थात १.२८ प्रतिशतले बढेर २०२.८५ बिन्दुमा पुगेको छ । 

    त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज २.६२ अङ्क अर्थात १.५६ प्रतिशतले बढेर १७०.२९ बिन्दु कायम भएको छ । 

    आज बुधबार ३३२ ओटा कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँमा कारोबार भएको छ । 

    यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा भने बढेको छ । मंगलबार २१ अर्ब ५१ करोडको सेयर कारोबार भएको थियो । मंगलबारको तुलनामा आज कारोबार रकममा १ अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो । 

    बुधबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ। 

    यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। 

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशतले बढेको छ भने  दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०७ प्रतिशतले बढेको छ।

    नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

    आज नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आइसिइफसी फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमी लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्गवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । 

    यस्तै, गुडबील फाइनान्स कम्पनी को ९.९९ प्रतिशत अपि पावर कम्पनीको ९.९७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९.८७ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ९.८२ प्रतिशतका दरले बढेको छ । 

    यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७२ रूपैयाँमा झरेको छ । 

    बिन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५९ रूपैयाँ ९० पैसा कायम भएको छ।

    मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ८.०७ प्रतिशतले घटेर १०६० रुपैयाँमा झरेको छ भने सिटिजन्स म्युचल फन्ड२ को शेयर मूल्य ७.३१ प्रतिशतले घटेर ९.६४ रूपैयाँ कायम भएको छ । 

    हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार

    बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १९ रूपैयाँमा ८६ करोड ५८ लाखको सेयर कारोबार भएको छ।

    यस्तै, हिमालयन रिइन्स्योरेन्सपछि सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । यस कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ १० पैसामा ८४ करोड २९ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com