शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से २९ सय माथि, कारोबार रकम २७ अर्ब नाघ्यो

शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से २९ सय माथि, कारोबार रकम २७ अर्ब नाघ्यो

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • images
    images
    शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से २९ सय माथि, कारोबार रकम २७ अर्ब नाघ्यो
    images
    images

    काठमाडौँ / साताको दोस्रो काराबारको दिन पनि नेप्सेमा उछाल आएको छ । 

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज सोमबार नेप्से परिसूचक ७०.८१ अङ्क अर्थात २.४७ प्रतिशतले बढेर २ हजार ९ सय ३१.६५ बिन्दुमा उक्लिएको छ । 

    अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक ९४.५३ अङ्क अर्थात ३.४१ प्रतिशतले बढेर २ हजार ८६०.९१ बिन्दुमा उक्लिएको थियो । 

    २०७८ माघ २० गते २ हजार ८७६।७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन । गत सातादेखि २८ सय बिन्दु पार गरेर तल झरेको नेप्से परिसूचक माथि उक्लिएसँगै बजार थप बढ्ने अनुमानले लगानीर्ताहरू उत्साहित छन् । 

    आज ३३ढ ओटा कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छ । 

    यसअघि अघिल्लो कारोबारको दिन अर्थात आइतबार ३३० ओटा कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेको सेयर बजारले आज उक्त रेकर्ड समेत तोडिएको हो।

    सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ। 

    सात कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

    आज सात कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागडी हाइड्रोपावर, स्वेत–गङ्गा हाइड्रोपावर, शुभम् पावर र भिजन लम्बिनी उर्जा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 

    यसैगरी, सगरमाथा जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, नेश्नल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

    यता, कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताहरुले भने सबैभन्दा गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, लक्ष्मि लघुवित्तको शेयर मूल्य ३.८० प्रतिशत, गरिमा डिबेन्चर २०८५ को शेयर मूलय ३.६६ प्रतिशत र हिमालयन लघुवित्तको शेयर मूल्य ३.६१ प्रतिशतले घटेको छ ।  

    हिमालयन रि–इन्योरेन्स् र सिवम् सिमेन्टको  सार्वधिक कारोबार 

    कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने शिवम् सिमेन्ट दोस्रो स्थानमा रहेको छ ।

    हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँबढीको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०००.१० रुपैयाँ कायम रहेको छ ।

    यता, शिवम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँबढीको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२२ रुपैयाँ कायम रहेको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र उत्पादन तथ प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ४.८१ प्रतिशतले बढेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com