अब ‘सारांश एप’मा च्यानल पनि बनाउन सकिने

अब ‘सारांश एप’मा च्यानल पनि बनाउन सकिने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    अब ‘सारांश एप’मा च्यानल पनि बनाउन सकिने
    images
    images

    काठमाडौँ / सारांश एप्मा च्यानल पनि बनाउन सकिने भएको छ । उक्त च्यानलमार्फत आफ्नो समुदायलाई संरक्षण एव आफ्नो सूचनालाई तुरुन्तै सम्प्रेषित गर्न सकिनेछ । साथै, गुनासोहरू पनि सारांशबाटै टिपाउन मिल्ने र विभिन्न वार्डको फारामहरू पनि यसबाटै भर्न सकिनेछ । 

    एआइ प्रविधि प्रयोग गरेर समाचारहरूको ठेगानाका रूपमा विकसित हुँदै गरेको उक्त एपमा अब समाचारका साथै प्रतिष्ठित व्यक्तित्वहरू, स्वतन्त्र पत्रकार, लेखक, साहित्यकार, वडा कार्यालय, नगरपालिकाको कार्यालय, नेपाल सरकारका कार्यालयहरूले सूचना प्रविधिको प्रयोगद्वारा आफ्नो सूचनालाई सरल, सहज र पहुचयोग्य तरिकाले आम नागरिकमा पुर्याउन सक्दछन्। 

    उनीहरूले व्यापार ,व्यवसाय एवम सेवाजन्य उद्योग व्यवसायहरूले समेत सारांशबाट लाभ लिन लिन सकिनेछ  । 

    कागेश्वरी मनोहरा वार्ड न ९ का अध्यक्ष अनिल थापाले सूचनालाई स्रोतबाटै ल्याउन सकियो भने सही सूचना चाडै सबैको माझ पुग्ने र यसले गर्दा मुलधारका मिडियालाई अझै पत्रकारिताको मुल मर्म, सिद्धान्तमा रहेर खोज पत्रकारितालाई टेवा पुग्छ र समाचार अझै सशक्त बन्ने बताए । 

    उनले भने, “हामी सूचना प्रविधीलाई भरपुर प्रयोगबाट सूचनालाई छिटो नागरिक माझ पुर्याउन अग्रसर छौँ र सम्पूर्ण सूचना तथा सञ्चार माध्यमहरू को भरपर्दो र विश्वासिलो घर बन्न चाहान्छौ र सम्पूर्ण संघ सस्था , व्यक्तित्व , पत्रकार, व्यापार, सरकार र नागरिकहरूलाई एउटै छातामुनी जोड्न चाहान्छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com