शेयर बजारमा सामान्य करेक्सनः ५.२९ अङ्कले घट्दा २१ अर्ब ७१ करोड बढीको कारोबार, कसले कति कमाए ?

शेयर बजारमा सामान्य करेक्सनः ५.२९ अङ्कले घट्दा २१ अर्ब ७१ करोड बढीको कारोबार, कसले कति कमाए ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • images
    images
    शेयर बजारमा सामान्य करेक्सनः ५.२९ अङ्कले घट्दा २१ अर्ब ७१ करोड बढीको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / आज शेयर बजारमा सामान्य करेक्सन भएको छ । सेयर बजार परिसूचकले २८ सयको विन्दुमा प्रतिरोध परीक्षण गरेसँगै बिहीबार नेप्सेमा सामान्य करेक्सन आएको हो । 

    आज बजार ५.२९ अङ्कले घटेर २ हजार ७५५ विन्दुमा थामिएको छ।कारोबार रकम भने यसदिन पनि उच्च नै छ।

    बिहीबार २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएको हो। बुधबार बजारमा हालसम्म कै उच्च रकमको कारोबार भएको थियो। बुधबार २१ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा २० करोड रूपैयाँ कमी आएको हो।

    यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।

    यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३।६९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक ३।५४ प्रतिशतले घटेको छ।

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक

    यसदिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।  

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक 

    पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३१ रूपैयाँ कायम भएको छ।

    यस्तै, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य ८.६५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २५ रूपैयाँ कायम भएको छ।

    2.JPG

    यी कम्पनीको सार्वधीक कारोबार 

    बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७७० रूपैयाँमा ५९ करोड ७५ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँमा ४३ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com