कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    काठमाडौँ / कुमारी बैंक लिमिटेडका ग्राहकहरूले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा विशेष छुट पाउने भएका छन् । गोल्फुटार, काठमाडौँस्थित डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयर र कुमारी बैंक लिमिटेडबिच बैंकका ग्राहकहरूलाई हस्पिटलहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो ।  

    images
    images

    सो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । 

    उक्त सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ । 

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय