सामान्य बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

सामान्य बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • images
    images
    सामान्य बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?
    images
    images

    काठमाडौँ / आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २ हजार ४८८ को विन्दुमा कायम भएको छ । 

    सोमबार अन्तरदिनको कारोबारमा नेप्से २५ सय ४ विन्दुसम्म पुगेको थियो। यो २०७८ चैत यताकै उच्च विन्दु हो। 

    केही दिनदेखि लगातार बढेको बजारमा सामान्य करेन्सन हुने अपेक्षा गरिएको थियो। किनभने गत साउन १ गतेदेखि बजार बढेको छ। साउन १ गते यतामात्रै बिना करेक्सन नेप्से २४७ अंकले बढेको छ।

    यस दिन १३ अर्ब ९१ अर्ब रूपैयाँको कारोबार भएको छ। आइतबार १५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३२ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३०९ वटा धितोपत्रको तीन करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ। यस्तै, छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको छ। 

    यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २।१६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको सर्वाधिक परिसूचक १।२३ प्रतिशतले घटेको छ।

    यी कम्पनीको सेयर सर्वाधिक बढ्यो 

    यसदिन मुक्तिनाथ कृषि कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४९४ रूपैयाँ ९० पैसा कायम भएको छ।

    यस्तै, नेपाल फाइनान्सको मूल्य ८.६७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १७९ रूपैयाँ कायम भएको छ।

    1.JPG

    यी कम्पनीको सेयर सर्वाधिक घट्यो

    गणपति लघुवित्तको मूल्य सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य दुई हजार ५५ रूपैयाँ १० पैसा कायम भएको छ।

    यस्तै, सिक्लेस हाइड्रोपावरको मूल्य ८.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९९ रूपैयाँ कायम भएको छ।। 

    2.JPG

    यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, 

    3.JPG

    सोमबार हिमालयन रि न्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता मूल्य ६६१ रूपैयाँ २० पैसामा ३६ करोड ९३ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६४ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७० रूपैयाँ ९० पैसामा ३४ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com