बजार ६१ अङ्कले बढेपनि सिद्धार्थ प्रिमियरको शेयरभाउ भने घट्यो, सर्वाधिक कमाउने बीमा कम्पनी कुन–कुन ?

बजार ६१ अङ्कले बढेपनि सिद्धार्थ प्रिमियरको शेयरभाउ भने घट्यो, सर्वाधिक कमाउने बीमा कम्पनी कुन–कुन ?

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • images
    images
    बजार ६१ अङ्कले बढेपनि सिद्धार्थ प्रिमियरको शेयरभाउ भने घट्यो, सर्वाधिक कमाउने बीमा कम्पनी कुन–कुन ?
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ६१.६१ अङ्कले बढेको छ।

    नेप्से २.५४ प्रतिशतले बढेर २ हजार ४८५.९४ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

    बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भएको छ। 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भएको हो।

    आइतबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ६.६० प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक ४.२१ प्रतिशतले बढेको छ।

    यस्तै, बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.५२ प्रतिशत र निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले बृद्धि भएको छ । 

    आज बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन रि र नेपाल रि इन्स्योरेन्स रहेको छ । 

    यस दिन हिमालयन रि को सेयरभाउ ४.५९ प्रतिशतले बढेर ६३८ रुपैयाँ पुगेको छ भने नेपाल रि को सेयरभाउ ४.५३ प्रतिशतले बढेर ७६३ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, नेपाल लाइफको ३.१५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.६५ प्रतिशत, शिखर इन्स्योरेन्सको २.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६८ प्रतिशतले सेयरभाउ बढेको छ । 

    एशियन लाइफको १.४८ प्रतिशत, हिमालयन लाइफको १.१८ प्रतिशत, सानिमा जिआइसीको १.११ प्रतिशत, नेको इन्स्योरेन्सको १.०२ प्रतिशत, सन नेपाल लाइफको ०.९५ प्रतिशत, युनाइटेड अजोडको ०.९३ प्रतिशत र आइएमई लाइफको ०.८९ प्रतिशतले सेयरभाउ बढेको छ । 

    आइजीआई प्रुडेन्सियलको ०.८७ प्रतिशत, हिमालयन एभरेष्टको ०.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६५ प्रतिशत, सुर्यज्योति लाइफको ०.५७ प्रतिशत, सिटिजन लाइफको ०.५२ प्रतिशत, नेशनल लाइफको ०.४८ प्रतिशतले बढेको छ । 

    त्यसैगरी, एलआइसी नेपालको ०.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशत, ०.२६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२५ प्रतिशत र आरबीसीएलको ०.२० प्रतिशतले सेयरमूल्य बढेको छ । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.३३ प्रतिशतले घटेर ९०७ रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com